इरानसँगको आणविक सम्झौताबाट बेलायत, जर्मनी र फ्रान्स पछि हट्ने

पुस २९, २०७६ | काठमाडौं

बेलायत, जर्मनी र फ्रान्सले इरानसँग ५ वर्ष अघि भएको आणविक सम्झौताबाट पछि हट्ने निर्णय गरेका छन् । 

तीन वटै मुलुकले संयुक्त वक्तव्य जारी गर्दै इरानसँगको सम्झौताबाट पछि हट्ने घोषणा गरेको रोयटर्सले जनाएको छ । 

निश्चित परिमाणमा मात्र युरेनियम प्रयोग गर्ने सम्झौता विपरीत इरान गएपछि सम्झौताबाट पछि हट्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । 

इरानको सो कदमले अशान्ति सिर्जना हुने भन्दै सम्झौता भंग गर्न बाध्य भएको समेत जनाइएको रोयटर्सले उल्लेख गरेको छ । 

यसअघि सन् २०१८ मा अमेरिकाले सोही आरोप इरानमाथि लगाई सम्झौताबाट पछि हटेको थियो । 

सम्झौता भंग गर्ने निर्णय युरोपियन युनियन ईयुलाई समेत जानकारी गराउने तयारी समेत भएको छ । लगत्तै ईरानले चीन र रुस तथा ईरानलाई समेत सो बारेमा आधिकारीक जानकारी गराउने छ । 

यद्यपि, ईरानले भने आफूले सम्झौता उल्लंघन नगरेको बताउँदै आएको छ ।


प्रतिक्रिया