क्यालिफोर्नियामा लकडाउन, चार करोड नागरिकलाई घरमै बस्न आग्रह

चैत्र ७, २०७६ | ..

अमेरिकाको क्यालिफोर्नियामा कोभिड–१९ को संक्रमण तीव्र रुपमा फैलिएपछि त्यहाँका नागरिकलाई घरमै बस्न आग्रह गरिएको छ । गभर्नर गभिन न्युसमले क्यालिफोर्नियामा लकडाउनको घोषणा गर्दै अति आवश्यक काम भन्दा बाहेक अन्य समय घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

वासिंटन र न्युयोर्कपछि क्यालिफोर्निया सबैभन्दा धेरै प्रभावित राज्य हो । क्यालिफोर्नियामा १ हजार ४७ मा कोरोना संक्रमण पुष्टी भएको छ । गभर्नर न्युसमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यालिफोर्निया राज्यका बासिन्दालाई कोरोना भाइरसबाट पर्ने प्रभावबारे जानकारी समेत गराइसकेको बताउनुभएको छ । चार करोड जनसंख्या रहेको क्यार्लिफोर्नियामा दुई महिनाको अवधिमा आधा भन्दा बढी भाइरसबाट संक्रमितक हुन सक्ने अनुमान गरिएको छ ।

कोरोनाका कारण अमेरिकामा दुई सय १७ जनाको मृत्यु भइसकेको छ भने १४ हजार तीन सय ६६ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये एक सय २१ जना उपचारपछि घर फर्किएका छन् । १ सय २५ जना संक्रमण मुक्त भएका छन् । 


प्रतिक्रिया