कोभिड–१९ को कहर : इटालीमा एकैदिन ७ सय ४३ जनाको मृत्यु, चीनमा शून्य

चैत्र १२, २०७६ | काठमाडौं

कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय १० जना पुगेको छ । ४ लाख २१ हजार भन्दा बढी संक्रमित छन् । कोभिड–१९ को नयाँ केन्द्रविन्दु मानिएको युरोपको इटालीमा हिजो एकैदिन ७ सय ४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या आज बिहानसम्म ५४ हजार बढी पुगेको छ । हालसम्म त्यहाँ ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ ।

 इटालीपछि अर्को यूरोपेली राष्ट्र स्पेन सबैभन्दा बढी आक्रान्त छ । हिजो एकैदिन त्यहाँ ६ सय ८० जनाको मृत्यु भएको छ । आज बिहानसम्म त्यहाँ ३५ हजार बढी संक्रमित छन् । हालसम्म झण्डै ३ हजारले ज्यान गुमाइसकेका छन् । फ्रान्समा मृतकको संख्या २ सय ४० पुगेको छ भने संक्रमितको संख्या झण्डै १८ हजार पुगेको छ । हालसम्म त्यहाँ १ हजार १ सय जनाले न्यान गुमाएका छन् । 

 अमेरिकामा हिजो एकैदिन १ सय ४५को मृत्यु भएको छ । संक्रमितको संख्या ५४ हजार ८ सय भन्दा बढी छ । हालसम्म त्यहाँ ७ सय ७५ जनाले ज्यान गुमाएका छन् । यस्तै पश्चिम एसियाली मुलुक इरानमा हिजो एकैदिन १ सय २२ जनाको ज्यान गएको छ । त्यहाँ संक्रमितको संख्या झण्डै १४ हजार पुगेको छ । हालसम्म त्यहाँ १ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ । 

 यस्तै भारतमा हालसम्म १० जनाको ज्यान गइसकेको छ झण्डै ५ सय जना संक्रमित रहेका छन् । नेपालमा भने हालसम्म २ जनामा देखिएकोमा एक जनाको उपचार भइसकेको र अर्को एक जनाको उपचार भइरहेको छ । यस्तै कोभिड / १९ को उद्गमस्थल चीनमा भने पछिल्लो केही दिन यता मृत्युदर शून्य छ । साढे ४ हजार संक्रमितको उपार भइरहेको छ । 


प्रतिक्रिया