स्वास्थ्यकर्मीलाई लक्षित गरी भारतमा पचास लाखको बिमा

चैत्र १३, २०७६ | नयाँ दिल्ली

कोरोना भाइरस नियन्त्रणमा आफ्नो ज्यान नै जोखिमा राखेर खटिएका स्वास्थ्यकर्मीलाई लक्षित गर्दै भारतले बिशेष बिमा योजना ल्याएको छ । जसअन्तर्गत त्यसरी खटिएका प्रत्येकको पचास लाख भारुसम्मको विमा गरिने भएको छ ।

विश्वभरि नै कोरोना संक्रमण नियन्त्रणमा खटिएका जनशक्तिको व्यक्तिगत सुरक्षालाई लिएर प्रश्न उठिरहेका बेला भारतले विमा योजना अघि सारेको हो । यो योजनाबाट करीब २० लाख जना लाभान्वित हुने बताइएको छ । 

भारतकी अर्थ मन्त्री निर्मला सितारमणले आज पत्रकार सम्मेलन मार्फत् यसको घोषणा गर्नुभएको हो । सितारमण कोरोना महाव्याधीबाट पर्ने अध्ययनका लागि गठित विशेष कार्यदलको संयोजक हुनुहुन्छ ।


प्रतिक्रिया