कोरोना भाइरसको उद्गमस्थल वुहान २ महिनापछि खुल्यो

चैत्र १५, २०७६

– कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान सामान्य अवस्थामा फर्किन थालेको छ । कोरोना भाइरसको माहामारी सुरु भएको वुहान सहर २ महिना लामो लकडाउन आजबाट खुलेको छ ।

वुहानस्थित रेलवे स्टेशनमा लामो समयपछि मानिसहरु जम्मा भएको बीबीसीले उल्लेख गरेको छ । यद्यपी तत्कालका लागि भने विदेशीहरुको आवागमनमा रोक लगाइएको र सातामा एक मात्र उडान हुने चिनियाँ अधिकारीले जनाएका छन् । 

वुहानमा ५० हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए भने ३ हजारले ज्यान गुमाएका थिए । यद्यपी पछिल्लो समय भने नाटकीय रुपमा संक्रमितको संख्यामा कमी आएको छ । आज भने ५४ जना नयाँ संक्रमित भेटिएको चिनियाँ स्वास्थ्य अधिकारीलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया