बेलायतको जनजीवन सामान्य हुन ६ महिना लाग्ने

चैत्र १७, २०७६ | काठमाडौं..

बेलायतमा जनजीवन सामान्य अवस्थामा फर्कन ६ महिना लाग्ने त्यहाँको स्वास्थ्य उप प्रमुखले बताउनुभएको छ । । कोरोना भाइरस संक्रमणको अवस्थाबारे नियमित सरकारी ब्रिफिङका क्रममा डा. जेनी ह्यारीले बन्दाबन्दीको समय बढेमा जनजीवन सामान्य रुपमा फर्कन अझै समय लाग्ने बताउनुभएको हो ।

 १ हजार २ सय २८ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएपछि बेलायती स्वास्थ्य अधिकारीको सो भनाई सार्वजनिक भएको हो ।  


प्रतिक्रिया