सोमबारबाट बेइजिङका विद्यालय खुला

जेष्ठ १९, २०७७ | काठमाडौँ

चीनको बेइजिङमा कोभिड–१९ महामारीका कारण लामो समयदेखि बन्द शैक्षिक संस्था आजबाट खुलेका छन् । कोरोनाको कहर मत्थर हुँदै गएपछि पछिल्ला दिनहरूमा विद्यार्थीहरू विद्यालय फर्किएका हुन् । 

गत मे २६ सम्ममा बेइजिङको शिक्षा विभागले छात्रछात्राको विद्यालय फर्किने वातावरण बनाउनका लागि सबै प्रक्रिया पूरा भएको घोषणा गर्नका लागि लाइभ कार्यक्रम गरिएको थियो । 

जसमा विद्यालय प्रवेश गर्ने विद्यार्थीका लागि महामारी प्रतिरोधका लागि स्क्रिनिङ, स्यानिटाइजर, ज्वरोमापन लगायतका यावत विधिहरू व्यवस्थापन गरिएको जानकारी गराइएको थियो । 

हाल चीनमा कोरोना भाइरसको संक्रमण क्रमश: घट्दै गएको छ तर पनि बाहिरी मुलुकबाट फर्किएका यात्रुहरूबाट कोरोना भित्रिएका केसहरू प्राय: देखिएका छन् । 

कोरोना भाइरस विरूद्धका जाँच विधिहरू यथावत राख्दै चीनमा लगभग सबै क्षेत्रको जीवन पुन: सामान्य लयमा फर्कदै गएको छ । 


प्रतिक्रिया