कोभिड १९ का कारण विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ७६ हजार नाघ्यो

जेष्ठ २०, २०७७

– विश्वभर कोरोना सक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ७६ हजार ७७ पुगेको छ । अमेरिकाको जोन्स् हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ६२ लाख ९४ हजार २ सय २२ संक्रमित भेटिएका छन् । २७ लाख ११ हजार २ सय ४१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

 सबैभन्दा बढी प्रभावित अमेरिकामा १८ लाख ११ हजार २ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने १ लाख ५ हजार १ सय ४७ जनाले ज्यान गुमाइसकेका छन । ब्राजिलमा संक्रमितको संख्या ५ लाख २६ हजार ४ सय ४७ बढी छ भने २९ हजार बढीको मृत्यु भएको छ । 

लकडाउन खुकुलो बनाएको भारतमा संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । ५ हजार ६ सय १२ जनाको कोभिड १९ कै कारण मृत्यु भएको विश्वविद्यालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 


प्रतिक्रिया