कोरोनाबाट ३ लाख ८० हजार बढीको मृत्यु

जेष्ठ २१, २०७७ | एजेन्सी

विश्वभर ६३ लाख ८३ हजार ८ सय ५ मानिस कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ लाख ८० हजार ३ सय ३१ जनाको संक्रमणका कारण मृत्यु भएको छ । 

मेरिकामा मात्रै संक्रमितको संख्या १८ लाख ३१ ह्जार ८ सय २१ पुगेको छ । संक्रमणको दर अत्याधिक रहेको ब्राजिलमा ५ लाख ५५ हजारमा संक्रमण पुष्टि भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

केही समयका लागी भाइरसको केन्द्रविन्दु बनेको फ्रान्सले नियन्त्रणमा आएको भने पनि पुन दैनिक मृत्युदर ह्वात्तै बढेको छ । १३ दिन सम्म मृत्युदर नियन्त्रण गर्न सकेको फ्रान्समा एकै दिन १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ कुल २८ हजार ९ सय ४० ले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । 

महामारीबाट सामान्य जनजिवनमा फर्कन खोजी रहेको इटालीले अन्य युरोपेली मुलुकसँगको सिमा खुला गरेको छ । इयु सदस्य राष्ट्रबाट इटाली प्रवेश गर्नेलाई क्वारेन्टाइनमा बस्नुनपर्ने ब्यवस्था इटाली सरकारले गरेको छ । बेलायत सरकारले भने यात्रा प्रतिबन्ध खुलाएपनि १४ दिन अनिवार्य क्वारेन्टाइनको ब्यवस्था गरेको छ । 

कोरोना भाइरसलाई चाँडो र कम क्षतिमा नियन्त्रण गर्न सफल भएको अष्ट्रेलिया तिव्र आर्थिक संकटमा फसेको एक अध्ययनले देखाएको छ । लकडाउन र अन्य प्रतिबन्धका कारण अष्ट्रेलियाले पछिल्लो ३० वर्षकै खराब आर्थिक अवस्थाको सामना गरिरहेको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया