स्पेनले बढायो संकटकालको अवधि

जेष्ठ २२, २०७७ | काठमाडौं

स्पेन सरकारले कोरोना भाइरसको संक्रमणका कारण लगाएको संकटकालको अवधि बढाएको छ । जुन २१ सम्मका लागि संकटकालको अवधि बढाइएको अलजजिराले जनाएको छ ।

 स्पेन कोरोना संक्रमणबाट प्रभावित हुने देशमध्येको चौथो स्थानमा छ । त्यहाँ २ लाख ८७ हजार ४ सय ६ संक्रमित पुग्दा २७ हजार १ सय २८ जनाको ज्यान गएको छ । यसैबीच स्पेनको मुख्य विपक्षी पार्टी र दक्षिणपन्थी वोक्स पार्टीले संकटकाल लम्ब्याएको भन्दै विरोध गरेका छन् । सरकारले राहतमुखी नीति नअपनाएको उनीहरुको आरोप छ । 


प्रतिक्रिया