अमेरिकाले माफी मागे इरानले वार्ता गर्ने

असार १०, २०७७ | एजेन्सी

इरानले आणविक वार्ताका लागि अमेरिकासंग विभिन्न शर्त अघि सारेको छ । सन् २०१५ को आणविक सम्झौताबाट पछि हटेकोमा अमेरिकाले क्षमायाचना गरे वार्ताका लागि तयार रहेको इरानले जनाएको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले सम्झौताबाट पछि हटेकोमा माफी माग्दै इरानलाई क्षतीपूर्ती गरे वार्तामा बस्ने बताउनुभएको हो । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आणविक सम्झौताबाट पछि हट्दै इरानको अर्थतन्त्र खुम्च्याउने गरी प्रतिबन्ध लगाएपछि दुई मुलुकबीचको तनाव थप बढेको छ । 

ट्रम्पले नयाँ सम्झौताका लागि प्रस्ताव गरेपनि तेहरानले भने प्रतिबन्ध फुकुवा हुनुका साथै पूरानो सम्झौतालाई पनि सम्बोधन गर्नसक्नुपर्ने बताउदै आएको छ ।   


प्रतिक्रिया