कोलम्बियाको संकट समाधानका लागि विश्व बैंकको ७० करोड डलर ऋण

असार १३, २०७७ | एजेन्सी

विश्व बैंकले कोलम्बियाको अर्थतन्त्रमा जारी संकट समाधानका लागी ७० करोड डलर ऋण दिने भएको छ । कोरोना भाइरस महामारी सँग लड्न कोलम्बियालाई सो रकम आवश्यक परेको हो । 

सो रकम कोलम्बियाको स्वास्थ्य सेवा प्रणाली सुधारमा खर्च गरिनेछ । सामाजिक सहयोग कार्यक्रम सहित मुलुकमा जारी तरलता अन्त्यका लागी समेत रकम खर्च गर्ने कोलम्बिया सरकारको तयारी हो । कोलम्बियालाई यसअघि १ अर्ब २५ करोड डलर ऋण सहयोग गरेको थियो । 

जारी लकडाउन अन्त्य भएपनि अर्थतन्त्र ५ दशमलभ ५ प्रतिशतको दरमा बढ्ने कोलाम्बिया सरकारले जनाएको छ ।यद्यपि, हाल ब्यापार घाटा ७ दशमलभ २ प्रतिशत छ । 


प्रतिक्रिया