रुसका राष्ट्रपति पुटिनलाई २०३६ सम्म सत्ता सम्हाल्ने बाटो खुल्ला

असार १८, २०७७

– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०३६ सम्म सत्तामा रहने बाटो खुलेको छ । संवैधानिक परिवर्तनका लागि भएको मतदानको परिणामले पुटिनलाई राष्ट्रपतिको पदमा रहन फेरि पनि अनुमति दिएको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । आलोचकहरुले भने सो व्यवस्थाको आलोचना गरेका छन् ।

केजीबी अधिकारीका रुपमा यसअघि नै काम गरीसकेका राष्ट्रपति पुटिनले ६ बर्षपछि अझै दुई वटा ६ वर्षिय कार्यकाल सम्हाल्न सक्ने प्रावधान छ । ६७ वर्षिय राष्ट्रपति ८३ वर्षसम्म शासन गर्न सक्ने रोयटर्सले उल्लेख गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार विश्वका ठूला राष्ट्र मध्ये ७८ प्रतिशतले रुसको संविधान परिवर्तनका लागि समर्थन जनाएका छन् ।  


प्रतिक्रिया