म्यानमारको रत्न खानीमा भुस्खलन हुँदा एक सय २६ जनाको मृत्यु

असार १८, २०७७

– म्यानमारको उत्तरी क्षेत्रस्थित आभुषणका लागि प्रयोग हुने रत्न खानीमा भुस्खलन हुँदा एक सय २६ जनाको मृत्यु भएको छ । कचिन राज्यको पेकेन्ट क्षेत्रमा भारी वर्षापछि भुस्खलन हुँदा सो संख्यामा हताहती भएको बीबीसीले जनाएको छ । हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । 

सो क्षेत्रमा माटो र चट्टानको छाल फैलिएको बीबीसीले उल्लेख गरेको छ । म्यानमार गहनामा प्रयोग हुने रत्न खानीका लागि प्रख्यात मानिन्छ । हरेक वर्ष सो क्षेत्रमा भुस्खलन हुँदा हजारौंले ज्यान गुमाउने गरेका छन् । 


प्रतिक्रिया