इजरेल र युएईबीच शान्ति सम्झौता

श्रावण ३०, २०७७ | काठमाडौं

इजरेल र संयुक्त अरब इमिरेट्स युएईबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । इजरेल र युएईबीच सीमा क्षेत्रलाई लिएर लामो समयदेखि विवाद रहदै आएको छ । सम्झौताअनुसार वेष्ट बैंक क्षेत्रको केही भू–भाग आफुमा गाभ्ने निर्णय इजरेलले खारेज गरेको छ । 

यो सन् १९४८ मा इजिप्ट र जोर्डन सँग इजरेलले गरेको सम्झौता पछिको शान्ति सम्झौता हो । अरब क्षेत्रमा शान्तिको सन्देश प्रवाह गर्न इजरेलसँगको सम्झौता कोशेढुंगा सावित हुने युएइ सरकारको दाबी छ । इजरेलको हाल सम्म कुनै पनि खाडी मुलुकसँग कुटनीतिक सम्बन्ध स्थापना हुन सकेको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्तकर्ताको भुमिका निभाएको बताएपनि सो सम्झौतामा इरानले अनौपचारिक रुपमा सम्पर्क स्थापनामा सहयोग गरेको बीबीसीले उल्लेख गरेको छ । इजरेलसँग लामो समयदेखि विवाद रहदै आएको अर्को मुलुक प्यालेस्टाइनले भने सम्झौता प्रति आश्चर्य प्रकट गर्दै आफुलाई युएइले धोका दिएको उल्लेख गरेको छ ।


प्रतिक्रिया