अफागानिस्तानमा कार बम विष्फोटमा परि १२ जनाको मृत्यु

कार्तिक २, २०७७

अफगानिस्तानको पश्चिमी प्रान्त घोरस्थित प्रहरी मुख्यालय लक्षित कार बम विष्फोटमा परि १२ जना सर्वसाधारणको मृत्यु भएको छ । एक सय भन्दा बढी घाइत भएका छन् । अन्य क्षेत्रको तुलनामा हिंसाका कम घटना हुने सो प्रान्तको राजधानी फिरोजमा सो आक्रमण भएको अलजजीराले जनाएको छ ।

यस्तै भियतनामको मध्य प्रान्त क्वाङ ट्रीस्थित सेनाको ब्यारेकमा पहिरो खस्दा ११ जना सैनिकले ज्यान गुमाएका छन् । पहिरोमा बेपत्ता अन्य सैनिकको खोजी भईरहेको बीबीसीले जनाएको छ । पहिरोले भियतनामा चौथो सैन्य क्षेत्र प्रभावित भएको हो । एक सातादेखि भियतनाममा जारी वर्षाका कारण ७० भन्दा बढीको मृत्यु भइसकेको छ । बाढीको जोखिम रहेको भन्दै स्थानीय प्रशासनले थप सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 


प्रतिक्रिया