पेरिसस्थित अस्थायी आप्रवासी शिविरमा प्रहरीको ज्यादती

मंसिर ९, २०७७ | काठमाडौं

फ्रान्सको पेरिसस्थित एक अस्थायी आप्रवासी शिविरमा प्रहरीले चरम ज्यादती गरेको छ । प्रहरीले आप्रवासी बस्दै आएको टेन्ट समेत तितरबिर पारिदिएको बीबीसीले जनाएको छ । 

शिविर भत्काउने क्रममा प्रतिकारमा उत्रिएका आप्रवासीलाई तितरबितर बनाउन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो । प्रहरी ज्यादतीपछि आप्रवासीहरु सडकमै बस्न बाध्य भएका छन् । 

एक साताअघि पनि प्रहरीले फ्रान्सेली राष्ट्रिय खेलकुद स्टेडियम नजिकै रहेका अवैध आप्रवासीको टेन्ट भत्काई दिएको थियो । 

राष्ट्रपति इमानुयल म्याक्रोँले अवैध आप्रवासीका सम्बन्धमा कडा नीति अपनाएपछि अफगानिस्तान र यूरोपका युद्धग्रस्त मुलुकका आप्रवासीमाथि प्रहरीले दमन गरिरहेको छ । 

पूर्वमन्त्री जराल्ड डर्मिनलले प्रहरीले गरेको हिंसात्मक गतिविधिको भत्सर्ना गर्दै घटनाका कयौं दृश्य स्तब्ध पार्ने खालको भएको टिप्पणी गर्नुभएको छ । प्रहरीले घटनाको कारणबारे स्पष्ट पार्नुपर्ने उहाँको भनाई थियो । 


प्रतिक्रिया