चीन र जापानबीच एक-अर्कालाई सहयोग गर्ने सहमति

मंसिर १०, २०७७

दुई ठूला अर्थतन्त्र भएको चीन र जापानबीच व्यापार र कोरोना भाइरस विरुद्धको लडाईंमा एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ । चिनियाँ विदेश मन्त्री वाङ यी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच भएको भेटका क्रममा दुबै मूलुकबीच सहमति भएको अलजजीराले उल्लेख गरेको छ । 

चिनियाँ विदेशमन्त्री वाङ र जापानी समकक्षी तोशिमित्शु मोटेगीबीच भएको वार्तामा विवादित सेन्काकु टापुका विषयमा छलफल भएपनि कुनै सहमति भने जुट्न सकेन । जापानी विदेश मन्त्री मोटेगीले जिन्जियाङ प्रान्तको नीतिलाई लिएर पारदर्शी हुन चीनलाई आग्रह गर्नुभयो ।

 संयुक्त राष्ट्र संघले/चीन सरकारले उइगुर समुदायका १० लाखलाई शिक्षा शिविरबाटै हिरासतमा लिएको आरोप लगाएको केही दिनपछि जापानले पनि सो विषयमा चासो देखाएको हो ।  


प्रतिक्रिया