सिंगापुरमा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु

पुस १५, २०७७ | काठमाडौं

सिंगापुरमा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा सिंगापुरको नेसनल सेन्टर फर इन्फेक्सस डिजिज एनआइडिसीका स्वास्थ्यकर्मीहरुलाई खोप दिन लागिएको हो । 

एनआइडिसीका कम्तीमा ३० जना कर्मचारीका साथै नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र अस्पताल प्रशासनका कर्मचारीहरुलाई पहिलो चरणमा खोप लगाइने छ । अन्य स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खट्नुपर्ने कर्मचारीलाई पनि जनवरी सम्ममा खोप लगाइने बताइएको छ । यस्तै आगामी फेब्रुअरीबाट कम्तीमा पनि ७० वर्ष नाघेका बृद्धबृद्धा र स्वास्थ्य जोखिम भएकालाई यो खोप दिइने त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गदै सिन्ह्वाले जनाएको छ ।  


प्रतिक्रिया