अलिबाबा ग्रुपका संस्थापक ज्याक मा सार्वजनिक

माघ ७, २०७७ | काठमाडौं

विगत ३ महिनादेखि गुमनाम अलिबाबा ग्रुपका संस्थापक ज्याक मा आज सार्वजनिक हुनुभएको छ । उहाँ सार्वजनिक भएको खबरसँगै हङकङको शेयर बजारमा अलिबाबाको शेयर पाँच प्रतिशतले उकालो लागेको छ ।

 अक्टोबर यता सार्वजनिक रुपमा नदेखिएका उहाँको अवस्थालाई लिएर विभिन्न अड्कलबाजी भएका थिए । ज्याक माले आज चीनको ग्रामीण क्षेत्रका एक सय शिक्षकसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेको स्थानीय सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ । 


प्रतिक्रिया