जापानका विभिन्न प्रान्तमा जारी संकटकाल हटाउन आग्रह

फाल्गुन १२, २०७७ | काठमाडौं

जापानका विभिन्न प्रान्तमा जारी संकटकाल हटाउन प्रान्तीय सरकारले केन्द्र सरकार समक्ष आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण न्यून भएको भन्दै उनीहरुले मार्च ७ सम्म कायम गरिएको संकटकाल सो अगावै अन्त्य गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् । कोरोना संक्रमण तीव्र बन्दै गएपछि गत महिनाबाट विभिन्न ११ प्रान्तमा संकटकाल जारी गरिएको थियो । 

साथै, संक्रमणलाई ध्यानमा राखेर सिमित सेवाहरु मात्रै सञ्चालन गरिएका थिए । यद्यपी जारी संकटकाल चरणबद्ध रुपमा हटाउने तयारी केन्द्र सरकारको रहेको रोयटर्सले उल्लेख गरेको छ । प्रधानमन्त्री योशिहिदा सुगाले आजै विभिन्न ६ प्रान्तका मन्त्रीहरुसँग संकटकाल हटाउने सम्बन्धमा छलफल गर्न लागेको र सम्भवत: यही शुक्रबारसम्ममा महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको रोयटर्सले जनाएको छ । 

 अर्थमन्त्रीले यासुतोशी निशिमुराले भने प्रान्त सरकारको माग सम्बोधनका लागि सरोकारवाला र विज्ञहरुसँग छलफल गरी सुझाव लिने बताउनुभएको छ । यद्यपी टोकियो र त्यस आसपासका प्रान्तहरुमा भने तत्कालका लागि संकटकाल यथावत रहने उहाँले बताउनुभयो ।  


प्रतिक्रिया