२३ टन कोकिन बरामद

फाल्गुन १३, २०७७ | काठमाडौं

जर्मनी र बेल्जियमको भन्सार विभागले २३ टन भन्दा बढी लागुऔषध कोकिन बरामद गरेको छ । नेदरल्याण्ड्स लैजान लागिएको १६ टन कोकेन ढुवानी कन्टेनरमा भेटिएको हो । 

पाराग्वेबाट एक महिना अघि जर्मनी पुगेका ५ वटा कन्टेनरमा १६ टन कोकिन भरिएको थियो । बेल्जियम एन्ट्रयुपेन बन्दरगाहमा बाँकी ७ दशमलव २ टन कोकिन बरामद भएको हो । अरबौं युरो मुल्यको सो कोकिन बरामद भएको जर्मन अधिकारीले दाबी गरेका छन् । 

कोकिन ओसारपसारमा संलग्न रहेको आरोपमा एक २८ बर्षीय पुरुष नेदरल्याण्ड्सबाट पक्राउ परेका छन् । बल्जियम पुगेको कन्टेनर पनामाबाट त्यहाँ पुगेको थियो । जर्मनीमा भित्तामा लगाउने पुटिनका बट्टामा कोकिन भरिएको थियो ।   


प्रतिक्रिया