भारत–पाकिस्तानको सीमा क्षेत्रमा युद्धविराम

फाल्गुन १३, २०७७ | काठमाडौं

भारत र पाकिस्तानले सीमा क्षेत्रमा युद्धविराम गरेका छन् । दुई देशका सेना प्रमुखबीच भएको वार्तामा सीमा क्षेत्रको तनाव अन्त्य गरी युद्धविराम गर्न दुवै पक्ष सहमत भएका हुन् । 

वार्तापछि जारी संयुक्त विज्ञप्तिमा दुबै पक्षले आज मध्यरातिबाट नियन्त्रण रेखा र अन्य क्षेत्रहरुमा सबै सम्झौता, आपसी समझदारी र युद्धविरामको कडाईका साथ पालना गर्ने उल्लेख छ । दुवै पक्षले एक अर्काको आन्तरिक मुद्दा र सरोकार बुझेर शान्ति स्थापनाका लागि वार्तामा सहमति जनाएको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि भारतीय सेनाले जम्मू कश्मीरको नियन्त्रित रेखा र आन्तरिक क्षेत्रमा कुनै पनि किसिमको अतिवाद र पाकिस्तानी समर्थक आतंकवादीहरुको घुसपैठ नस्वीकार्ने स्पष्ट पारेको छ । दुबै देशको सेनाले वार्ताका क्रममा नियन्त्रण रेखा र अन्य सबै क्षेत्रको स्थितिको समीक्षा गरेका थिए ।  


प्रतिक्रिया