जापानमा थप दुई साता आपतकाल

वैशाख २४, २०७८ | काठमाडौं

जापानको राजधानी टोकियोसहित ओसाका, क्योतो, ह्योगो लगायतमा जारी आपतकालिन अवस्था दुई साताका लागि लम्ब्याइएको छ । यसअघि नै घोषणा गरिएको मे ११ सम्मको अवधि सकिनु अगावै जापान सरकारले आज दुई साता आपतकाल लम्ब्याएको हो ।

 कोरोना संक्रमणमा नियन्त्रणमा खासै सुधार नआएको र गम्भीर प्रकृतिका बिरामी संख्या पनि बढ्दै गएकाले तत्काल आपतकाल हटाउन सकिने अवस्था नभएको चिकित्सा विज्ञको सुझावपछि सरकारले पछिल्लो निर्णय गरेको हो । यस्तै प्रधानमन्त्री योशीहिडे सुगाले आइची र फुकुओकालाई आपतकालिन अवस्थामा रहेका क्षेत्रहरूको सूचीमा समावेश गर्नुभएको छ । 

 आपतकालिन अवस्थामा अत्यावश्यक बाहेकका बार, रेष्टुरेन्टहरू सिनेमाघर, बजार पसल लगायतका सेवा ठप्प छन् । जापान सरकारको पछिल्लो कदमले आगामी ओलम्पिक थप अन्योलमा परेको छ । 


प्रतिक्रिया