अफगानिस्तानबाट फिर्ता सेनाहरूको सुरक्षाको लागि अतिरिक्त सैन्य स्रोत परिचालन

वैशाख २४, २०७८ | काठमाडौं

अमेरिकाले अफगानिस्तानबाट फिर्ता गरिरहेको आफ्ना र अन्य गठबन्धन सेनाहरूको सुरक्षाको लागि अतिरिक्त सैन्य स्रोत परिचालन गरेको छ । 

उनीहरूको सुरक्षाको लागि भारी बमवर्षक र लडाकू विमानहरू समेत तैनाथ गरिएको जनाइएको छ । अफगानिस्तानमा करीव २० बर्षदेखि अमेरिका र नेटो आबद्ध गठबन्धनको उपस्थिति रहेको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ११ सेप्टेम्बर अगावै सेना फिर्ता गरिसक्ने घोषणा गर्नुभएको थियो । 

अफगानिस्तान र तालिवानबीच शान्ति सम्झौताको मध्यस्तता गरेको अमेरिकाले आफ्ना सहित अन्य गठबन्धन सेनालाई फिर्ता गर्ने सहमति जनाएको थियो ।   


प्रतिक्रिया