कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट पनि सर्ने सम्भावना

वैशाख २५, २०७८ | काठमाडौं

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट पनि सर्ने सम्भावना रहेको बताएको छ । 

सिडिसीले जारी गरेको कोरोना भाइरस सम्बन्धी सार्वजनिक निर्देशिकामा संक्रमण सास फेर्ने क्रममा हावाको माध्यमबाट पनि हुन सक्ने जनाइएको वासिङटन पोष्टले उल्लेख गरेको छ । हावामा रहेका कोरोना भाइरसयुक्त कणहरुका कारण संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन भनिएको छ । संक्रमित व्यक्तिबाट ६ फिटको दूरीमा रहे पनि अरुको शरीरमा भाइरस आउन सक्ने सिडिसीले चेतावनी दिएको छ । 

यसअघि सिडिसीले कोरोना भाइरसको संक्रमण संक्रमितको सम्पर्कमा आएपछि मात्रै हुने उल्लेख गरेको थियो । यद्यपी स्वास्थ्य विज्ञहरुले भने भाइरस हावामा हुने सुक्ष्म कणहरुबाट पनि सर्न सक्ने भन्दै सिडिसी तथा विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई सचेत गराउँदै आएका थिए । 


प्रतिक्रिया