फाइजरले १२ वर्ष मुनिका बालबालिकामा खोप परिक्षण गर्ने

जेष्ठ २६, २०७८ | काठमाडौं

कोरोना संक्रमण विरुद्धको अमेरिकी खोप विकास कम्पनी फाइजरले १२ वर्ष मुनिका बालबालिकामा परीक्षण सुरु गर्ने भएको छ । अमेरिका, फिनल्याण्ड, पोल्याण्ड, तथा स्पेनका करिव ४ हजार ५ सय बालबालिकामा खोप परीक्षण गरिने फाइजरले जनाएको हो । यस अघि फाइजर तथा जर्मनी कम्पनी बायोएनटेकले अमेरिका, क्यानडा तथा युरोपियन युनियनका १२ वर्ष माथिका बालबालिकालाई खोपको आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेको छ ।

 उनीहरुलाई वयस्क जस्तै ३० माइक्रोग्राम खोप दिइनेछ । १२ वर्ष मुनिका बालबालिकाको हकमा ५ देखी ११ वर्षसम्मकालाई १० माइक्रोग्राम तथा ६ महिना देखि ५ वर्षसम्मकालाई ३ माइक्रोग्राम खोप दिइने जनाइएको छ । ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई यही साता देखि खोप दिइने छ ।

 उनीहरुमा गरिएको परीक्षणको नतिजा आगामी सेप्टेम्बरमा आउने र सो पश्चात अक्टोबरमा आकस्मिक प्रयोगकालागि अनुमति मागिने फाइजरका प्रवक्ताले जनाएका छन् । तर २ देखि ५ वर्षका बालबालिकामा गरिएको परीक्षणको नतिजा भने सो अगावै आउने जनाइएको छ । ६ महिना देखि २ वर्षसम्मका बालबालिकामा गरिने परीक्षणको नतिजा भने अक्टोबर वा नोभेम्बरमा आउने फाइजरले आशा राखेको छ ।  


प्रतिक्रिया