इमरान खानकी पत्नी बुशरालाई जेल पठाउन अदालतको आदेश

वैशाख २६, २०८१ | काठमाडौं

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बिबीलाई जेल पठाउन त्यहाँको एक अदालतले आदेश दिएको छ ।

अदालतले बुशरा बिबीको सुरक्षा चिन्ताका कारण घरमै नजरबन्दमा राख्नुको सट्टा जेल पठाउन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इस्लामावादस्थित पूर्वप्रधानमन्त्री खानको बंगलामा नजरबन्द रहेकी बिबीले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको आरोपमा सजाय पाउनुभएको छ ।

अदालतले उहाँलाई रावलपिन्डीको ग्यारेन्सन सहरस्थित जेलमा सार्न आदेश दिएको छ ।

सो जेलमा पाकिस्तानी पूर्व प्रधानमन्त्री खानले जेल सजाय भोगिरहनुभएको छ । 


प्रतिक्रिया