कुखुराको चल्लासहित रौतहटबाट चार भारतीय नागरिक पक्राउ

वैशाख २९, २०८१ | रौतहट

अवैध रुपमा ल्याउँदै गरेको कुखुराको चल्लासहित चार जना भारतीय नागरिक रौतहटबाट पक्राउ परेका छन् । यमुनामाई गाउँपालिका–४ स्थित चोकमा शुक्रबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो । 

प्रहरलिे उनीको परिचय भने सार्वजनिक गरेको छैन । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २७ कार्टुन कुखुराको चल्ला सहित चार जना भारतीयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी एलिजा गिरीले जानकारी दिनुभयो । 

बमनहरस्थित अस्थाई प्रहरी पोष्टबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चार वटा साइकल पनि बरामद भएको छ । 

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा पठाइएको डीएसपी गिरीले जानकारी दिनुभयो । भारतबाट नेपाल ल्याउने समानको भन्सार राजस्व तिर्नु पर्छ । 

भारतीय कुखुरा र चल्लाहरु चोरबाट हुँदै नेपाल ल्याउने गरेको पाइएको छ । प्रहरीले भारतीय सीमा क्षेत्रको नाकामा कडाई गरेको बताउँदै आएपनि दैनिक उपभोग्य वस्तु लगायत विभिन्न सामग्रीहरुको तस्करी भने रोकिएको छैन ।


प्रतिक्रिया