हाइटीमा शक्तिशाली भूकम्प

श्रावण ३०, २०७८ | काठमाडौं

हाइटीको पश्चिमी क्षेत्रमा ७ दशमलव २ म्याग्निच्यूटको भूकम्प गएको छ । भूकम्पको धक्का पूरै क्यारेबियन क्षेत्रमा महसुस गरिएको बीबीसीले उल्लेख गरेको छ । 

यूएस जियोलोजिकल सर्भेका अनुसार सो भूकम्पको गहिराई १० किलोमिटर रहेको छ । भूकम्प राजधानीबाट करिब १ सय ५० किलोमिटर पश्चिममा गएको हो । भूकम्पबाट भएको के कति मानवीय वा भौतिक क्षति भयो भन्ने हालसम्म कुनै यकिन विवरण आइसकेको छैन । यद्यपि, सामाजिक सञ्जालमा पोस्ट भएका फोटोहरुमा जेरेमी शहर नजिकका केही घरहरु तथा एउटा चर्चको केही भाग भत्किएको देखिएको बीबीसीले जनाएको छ । 

यसअघि हाइटीमा सन् २०१० मा ७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसका कारण २ लाख बढी मानिसको ज्यान गएको थियो । कयौँ मानिस विस्थापित भएका थिए । त्यसकै असरबाट माथि उठिनसकेको अवस्था फेरि अर्को शक्तिशाली भूकम्प गएको हो ।


प्रतिक्रिया