जर्मनीको आमनिर्वाचन:सोसियल डेमोक्रेटिक पार्टी विजय उन्मुख, मर्केलको दल पछाडी पर्‍यो

आश्विन ११, २०७८ | बर्लिन

जर्मनीमा सोसियल डेमोक्रेटिक पार्टी एसपिडी विजय उन्मुख भएको छ । चान्सलर एंगला मर्केलको पार्टी क्रिष्टियन डेमोक्रेटिक युनियन सीडीयुलाई पर्छी पार्दै एसपिडीले जित हात पार्ने देखिएको छ । मर्केलको उत्तराधिकारीका रुपमा प्रस्तुत गरिएका अरमिन ल्यासचेटले सरकार बनाउने प्रतिबद्धता जनाएको पार्टीले इतिहासकै खराब नतिजा प्राप्त गरेको हो । एसपिडी झिनो अन्तरका आधारमा अघि रहेपनि अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । एसपिडीका नेता ओलफ स्कोल्जले पार्टीले स्पष्ट म्यान्डेज जनताबाट प्राप्त गरेको दाबी गर्नुभएको छ । 

निर्वाचन सकिएपछि पनि तत्कालै चान्सलर परिवर्तन हुन भने समय लाग्ने छ । आगामी डिसेम्बरसम्मै एंगेला मर्केल सत्तामा नै रहने छिन् । यस निर्वाचनले आगामि ४ वर्षका लागी जर्मनीको नेतृत्वकर्ता चयनसँगै जलवायु परिवर्तनको मुख्य एजेण्डालाई आत्मसाथ गर्दै मुलुकको आर्थिक पक्षलाई नयाँ गति दिनुपर्ने चुनौती छ । मर्केलको बर्हिगमन जोडिएकाले जर्मनीको यो आम निर्वाचनलाई महत्वका साथ हेरिएको छ । 


प्रतिक्रिया