मोडर्ना र जोन्सन एण्ड जोन्सनको बुस्टर डोजलाई पनि मान्यता

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७८ | काठमाडौं

अमेरिकाको यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरिरहेका मोडर्ना र जोन्सन एण्ड जोन्सनले बनाएको बुस्टर डोजलाई पनि मान्यता दिएको छ । 

एफडीएले विज्ञप्ती जारी गर्दै ३ वटा मान्यताप्राप्त कोभिड खोपलाई पनि मिसाएर बुस्टर डोजका रुपमा लगाउन सकिने बताएको छ । नेसनल हेल्थ इन्स्टिच्युटको एक अध्ययनले यसरी मिक्स म्याच गरेर बुस्टर खोप दिादा प्रतिरक्षा प्रणाली बलियो हुने देखिको दाबी गरेसँगै एफडीएले अनुमति दिएको हो । 

एफडीएका निमित्त कमिसनर डा. जनेट वुडककले बुस्टर खोपले कोभिड–१९ रोगविरुद्ध निरन्तर सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । एफडीएको अनुमतिलाई यूएस सेन्टर फोर डिजिज कन्ट्रोलले विचार गरेपछि सर्वसाधारणहरुले मोडर्ना र जान्सेन खोपको बुस्टर डोज पाउनेछन्  


प्रतिक्रिया