रुसको कोइला खानीमा आगलागी हुँदा ११ जनाको मृत्यु

मंसिर ९, २०७८ | काठमाडौं

रुसको साइबेरियास्थित एउटा कोइला खानीमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । अन्य ४० भन्दा बढी घाइते भएका छन् । यस्तै, दर्जनौँ मजदूरहरु फसिरहेको अधिकारीहरूले बताएका छन् । 

घटनाका बेला कोइला खानीमा २ सय ८५ जना रहेका थिए । त्यसमध्ये २ सय ३९ जनाको उद्धार गरिएको र ४६ जना अझै फसिरहेका स्थानीय अधिकारीले बताएका छन् । ४३ जनालाई अस्पताल भर्ना गरिएको र त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

कोइलाको धुलोमा आगो लागेको र धुवाँले समग्र खानीलाई ढाकेको एक अधिकारीलाई उद्धृत गर्दै रुसको सरकारी समाचार संस्था तासले जनाएको छ । धुवाँको ठुलो मुस्लोले गर्दा खानीमा फसेकाको उद्धारमा कठिनाइ भएको बताइएको छ । 


प्रतिक्रिया