केन्याका युवक विमानको पाङ्गामा लुकेर नेदरल्याण्ड पुगे

माघ ११, २०७८ | एजेन्सी

दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड पुगेको एक मालवाहक विमानको पाङग्रामा लुकेर बसेका २२ वर्षीय युवक केन्याको नागरिक भएको खुलेको छ । ती व्यक्तिलाई नेदरल्याण्डका प्रहरीले विमानस्थलमा जीवितै फेला पारेको हो । झण्डै ११ घण्टाको उडानमा रहेको कार्गो विमान केन्याको राजधानी नैरोबीमा केही समयका लागि रोकिएको थियो ।

केन्याका ती युवा कहाँबाट विमानको पाङ्गा लुक्न गएका थिए भन्नेबारे अनुसन्धान भइरहेको डच प्रहरीले जनाएको छ । विमान आकाशमा निकै माथि पुगेको अवस्थामा अक्सिजनको मात्रा कम हुँदा मानिसको मृत्यु हुने गरेकोमा ती युवक कसरी जीवितै रहे भन्ने बिषयलाई अनौठो मानिएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि युवकले आफू नेदरल्याण्डमै शरण लिन इच्छुक रहेको बताएका छन् ।



प्रतिक्रिया