दक्षिण अफिकाको नाइटक्लबमा कम्तीमा १७ व्यक्ति मृत भेटिए

असार १२, २०७९

दक्षिण अफिकाको पूर्वी क्षेत्रमा अवस्थित लन्डन सहरको एक नाइटक्लबमा कम्तीमा १७ व्यक्ति मृत फेला परेका छन् । आज बिहान एन्योबेनी टेभर्नमा शव फेला परेको हो ।

 त्यहाँ केही मानिस घाइते समेत भएको बताइएको स्थानीय प्रहरी प्रवक्तालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मृतकको आफन्तहरु पहिचान लगायत अन्य अनुसन्धान भइरहेको जनाइएको छ । आपतकालीन सेवाका कर्मचारीहरु घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया