चीनले लगायो न्यान्सी पेलोसीमाथि प्रतिबन्ध

श्रावण २०, २०७९ | काठमाडौं

चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध घोषणा गरेको छ । पेलोसीले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले पेलोसी र उनका परिवारमाथि प्रतिबन्ध घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

 केही दिनअघि मात्रै पेलोसीले ताइवान भ्रमण गरेपछि रुष्ट बनेको चीनले पछिल्लो कदम चालेको हो । पेलोसीको भ्रमणपछि नै चीनले ताइवान नजिकको क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ । चीनका विदेशमन्त्री वाङ यीले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘पेलोसीले चीनको आन्तरिक मामिला गम्भीर हस्तक्षेप गर्दै चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई क्षति पुर्‍याएकी छिन् ।’ 

 पेलोसीको ताइवान भ्रमणले चीनको एक चीन नीति उल्लंघन गर्नुका साथै ताइवान क्षेत्रमा शान्ति र स्थिरतामा गम्भीर धक्का पुगेको चीनले जनाएको छ । चीनले ताइवानलाई आफ्नो भूमि मान्दै आएपनि पेलोसीले भने ताइवान आफैंमा स्वतन्त्र सार्वभूमि भूमि भएकोले उसको सुरक्षा र लोकतन्त्रमा साथ दिने बताउनुभएको छ । 


प्रतिक्रिया