चीनका पूर्व न्यायमन्त्री भ्रष्टाचारको आरोपमा जेल चलान

आश्विन ६, २०७९

चीनका पूर्व न्यायमन्त्री फु झेङगुआ भ्रष्टाचारको आरोपमा जेल चलान हुनुभएको छ । फुमाथि पदमा रहँदा १ सय १७ मिलियन युआन डलर बराबरको उपहार र नगद रकम लिएको आरोप लागेको थियो । उहाँले आफूमाथि लागेको आरोपको समेत स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सञ्चारमाध्यमले फूलाई आजीवन कारावासको सजाय हुने बताएका छन् । 

यसै हप्ता चीनका अन्य तीन पूर्व प्रहरी प्रमुखलाई समेत भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको थियो । उनीहरुमाथि भ्रष्टाचारको मात्र नभई राष्ट्रपति सी जिनपिङप्रति बफादार नभएको आरोप पनि लगाइएको छ । 


प्रतिक्रिया