अमेरिकामा विनाशकारी आँधी

आश्विन १२, २०७९

अमेरिकाको फ्लोरिडा र पश्चिमी क्युबा लगातयतका क्षेत्रमा आएको विकाशकारी आँधीका कारण विद्युत, पूर्वाधार लगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ । १० लाख नागरिक विद्युत सुविधाबाट वञ्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । झण्डै ३५ लाख नागरिकलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ । 

विद्यालय तथा विश्वविद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । क्युबामा हावाको गति २ सय ५ किलोमिटर प्रति घण्टा मापन गरिएको युएस नेशनल हुरिकेन सेन्टरले जनाएको छ । फ्लोरिडाको दक्षिणपश्चिमी तटमा हावाको गति २ सय ९ किलोमिटर प्रति घण्टा रहेको बताइएको छ ।

 जहाँ साँढे २० लाख नागरिकलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ । यस्तै छिमेकी राज्य जर्जियाले पनि आपतकाल घोषणा गरेको छ । उद्धारमा खटिनका लागि जर्जियाले ५ सय नेसनल गार्ड सेनालाई तयारी अवस्थामा राखेको छ । यता ह्वाइट हाउसले पनि आपतकालीन घोषणा गर्दै संघीय र राज्य अधिकारीहरूलाई विपद् राहत र सहायता समन्वय गर्न आग्रह गरेको छ । 


प्रतिक्रिया