युक्रेनी भूमिलाई गाम्ने प्रक्रियामा रुसी राष्ट्रपतिले हस्ताक्षर गर्दै

रेडियो कान्तिपुर संवाददाता

आश्विन १४, २०७९

युक्रेनका थप चार क्षेत्रलाई रुसमा गाभ्ने प्रक्रियामा आज राष्ट्रपति भ्लादिमिर पुटिनले आज हस्ताक्षर गर्दै हुनुहुन्छ । युक्रेन र अन्तर्राष्ट्रिय समूदायमा मान्यता नदिएको जनमतसंग्हको परिणाम पछि रुसले ती क्षेलाई औपचारिक रूपमा गाभ्ने तयारी गरेको हो । पश्चिमा राष्ट्रहरूले रुसको कदमको निन्दा गरेपछि आज नै हस्ताक्षर समारोहको आयोजना गरी ती क्षेत्रलाई आफ्नो भूभागको रुपमा घोषणा गर्ने निर्णय गरेको हो । रुसले युक्रेनका पूर्वी लुहान्स्क, डोनेत्स्क र दक्षिणका जापोरिजिया र खेरसन क्षेत्रलाई आफूमा गाभ्न लागेको रुसले दाबी गरेको छ । 

आज ग्रान्ड क्रेमलिन प्यालेसको सेन्ट जर्ज हलमा नयाँ क्षेत्रहरूलाई रूसमा समावेश गर्ने सम्बन्धमा हस्ताक्षर समारोह आयोजना गर्न लागिएको प्रवक्ता दिमित्री पेस्कोभको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी राष्ट्रपति पुटिनले आज क्रेमलिनमा सम्बोधन गर्ने कार्यक्रम छ । रुसको पछिल्लो कमदको अन्तर्राष्ट्रिय समुदायले कडा शब्दमा विरोध गर्दै उक्त जनमतसंग्रहलाई अस्वीकार गरेका छन् । 


प्रतिक्रिया