भारतको पश्चिमी राज्य गुजरातमा निर्वाचनको तयारी तीव्र

मंसिर १३, २०७९

भारतको पश्चिमी राज्य गुजरातमा निर्वाचनको तयारी तीव्र बनेको छ । नयाँ सरकार चयनका लागि गुजरातमा बिहीबार निर्वाचन हुँदै छ । चुनाव सर्वेक्षणहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले प्रमुख प्रतिपक्षी दल काँंग्रेस र नयाँ प्रवेश गर्ने आम आदमी पार्टी (आम आदमी पार्टी) लाई पराजित गर्दै लगातार सातौं पटक राज्यको १ सय ८२ सिटमध्ये बहुमत प्राप्त गर्ने प्रक्षेपण गरेको छ ।

चुनावी मतपरिणाम भने डिसेम्बर ८ मा सार्वजनिक गरिने बीबीसीले जनाएको छ । मोदी नेतृत्वको पार्टी भाजपाको पक्षमा सबैभन्दा ठूलो मत देखिनुलाई प्रधानमन्त्री मोदीले अघि सारेको हिन्दु हृदय सम्राट मुद्दाले नै मतदातालाई आकर्षित गरेको राजनीतिशास्त्री घनश्याम शाहलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री मोदी सन् २००२ देखि १२ वर्षसम्म राज्यको मुख्यमन्त्री रहनुभएको थियो । यहाँ उहाँले आफ्नो कडा हिन्दु राष्ट्रवादको मुद्दालाई शसक्त बनाउँदै आफ्नो शासन स्थापित गरेको बताइन्छ । 


प्रतिक्रिया