२०२२ का लागि बीबीसीको एक सय महिलाको सूची सार्वजनिक

मंसिर २०, २०७९ | काठमाडौं

बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।

जसमा विश्व संगीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियंका चोपडा र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगा चेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास र घानाकी लेखिका नाना डार्कोका सेकि आमाह लगायत छन् ।

 बीबीसीले सार्वजनिक गरेको एक सय विमेनको यो दशौँ संस्करण हो । यस सूचीले सन् २०२२ मा संसारभरि द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्वित गरेको छ । इरानका सशक्त महिला प्रदर्शनकारीदेखि युक्रेन र रुसको द्वन्द्व प्रतिरोधमा उत्रेका महिला सो सूचीमा समेटिएका छन् । 


प्रतिक्रिया