सन् २०२२ का २२ घटना

पुस १७, २०७९

हरेक युगमा नयाँ खोज र विकासको चरण पार गर्दै मानव सभ्यताको इतिहास अघि बढेको छ । गम्भीर र अप्रत्याशित घटना अनि नयाँ चीजको विकास सदियौंदेखि चल्दै आएको छ । सन् २०२२ पनि त्यस्तै घटनाहरुको साक्षी बन्यो । 

सन् २०२२ मा अमेरिकी कम्पनी एप्पल सर्वाधिक मूल्यमा सेयर कारोबार गर्ने पहिलो कम्पनी बन्यो । एप्पलले सन् २०२२ मा ३० खर्ब अमेरिकी डलर बराबरको सेयर मूल्य कारोबार गर्न सफल भएको हो । कोभिड ता अन्य कम्पनीको सेयर कारोबार मूल्य निरन्तर गिरावट आइरहेको अवस्थामा एप्पलको भने सर्वाधिक सेयर मूल्य कारोबार गर्न सफल बनेको हो । डाउन सिन्ड्रोम भएकी सोफिया जिराउ पहिलो पटक भिक्टोरियार्ज सेक्रेट मोडल बन्न सफल भइन् । पोर्तोरिकन सोफिया लभ क्लाउड एड क्याम्पियनमा विविधता र समावेशिता झल्कने गरी प्रस्तुत भएकी थिइन् । गत मार्चमा भएको एक अध्ययनले मानव रगतमा पहिलो पटक माइक्रोपाष्टिक अर्थात प्लास्टिकका स–साना कर्ण फेला परेको पुष्टि गरेको छ । दैनिक रुपमा प्रयोग गरिने बोतलको पानी, प्याकिङ गरेका खानेकुरा लगायत दैनिक उपभोग्य सामाग्रीको प्रयोगबाट मानव शरिरमा प्लास्टिकका स–साना कर्ण फेला पर्न पुगेको र त्यसले शरिरका विभिन्न अंगलाई असर पुर्‍याउने गरेको एक अध्ययनले देखाएको हो ।

यस्तै सन् २०२२ मा वैज्ञानिकहरु पहिलो पटक मिल्कि वे ग्यालेक्सीमा कसरी ताराहरुको उत्पत्ती हुन्छ भन्ने विषय पत्ता लगाउन सफल बने । सन् २०२२ मा भएको अर्को रोचक प्रसंग के छ भने गत वर्ष मार्चको मध्यतीर पूर्वी अन्र्टाटिका क्षेत्रमा जलवायु परिवर्तनका कारण पहिलो पटक बरफ नै पग्लीन पुगेको छ । जसलाई यसअघि जलवायु परिवर्तनमा कम खतराको संकेत गरिएपनि यसरी बरफ पग्लिन पुग्नुलाई चिन्ताको विषयको रुपमा लिइएको छ । अर्को रोचक प्रसंग के छ भने सन् २०२२ मा फ्रान्सकी स्टेफ्नी फ्राफार्टले पुरुष विश्वकप खेलाउने पहिलो महिला रेफ्री बनिन् । कतारमा भएको फिफा विश्वकपमा उनले कोष्टारिका र जर्मनीको खेलमा रेफ्रीको भूमिका निभाएकी थिइन् । यस्तै दक्षिण कोरियाले पहिलो पटक दुई रकेटको प्रयोग गरेर भू–उपग्रहको प्रक्षेपण गर्‍यो । सरकारी एरोस्पेस रिसर्च संस्था र आन्तरिक कम्पनीहरुको सहयोगमा दक्षिण कोरियाले पहिलो पटक भू–उपग्रहको प्रक्षेपण गर्न सफल बनेको हो । यस्तै गत वर्षको मे महिनामा बैज्ञानिकहरुले पहिलो पटक मिल्कि वे ब्ल्याक होलको तस्बिर खिच्न सफल भएका छन् । इटलीमा सडक दुर्घटनामा परि शरिरका अंग नै नचल्ने गरि पक्षघात भएका एक ४० वर्षीय युवा कानूनी सहायतामा आत्महत्या गर्ने पहिलो व्यक्ति बने । सडक दुर्घटनामा परेको करिब १२ वर्ष पछि ती युवा इटालीमा पहिलो पटक कानूनी सहायतामा आत्महत्या गर्ने व्यक्ति बनेका हुन् । इटलीमा सन् २०१९ मा आत्महत्यालाई कानूनी मान्यता दिइएको थियो । यस्तै सोही वर्षमा नै वैज्ञानिकहरुले नाङ्गो आखाँले देख्न सक्ने जिवाणु पत्ता लगाए । विज्ञान जर्नलमा गत जूनमा प्रकाशित एक अध्ययनमा, शोधकर्ताहरुले जिवाणुको अस्तित्व पहिचान गरी माइक्रोस्कोप बिना जिवाणु देख्न सकिने विषय पत्ता लगाएका हुन् । औसतमा, थिओमार्गारिटा म्याग्निफिका प्रजातिको जिवाणुको लम्बाइ लगभग ० दशमलव ३५ इन्च हुने गरेको छ ।

फेसवुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरि मेटा बनाएसँगै आफ्नो इतिहासको १० वर्षमा भारी गिरावट व्यहोरेको छ । टिकटक लगायत एपका कारण यसको कमाइमा उल्लेख्य रुपमा कमी आएको अध्ययनले देखाएको हो ।यस्तै अमेरिकाको फोटो प्रिन्टिन एण्डी वारहोल सिल्क स्क्रिनिङले आफ्नो लिलामी रेकर्ड तोडेको छ । उसले २०१७ को आफ्नै रेकर्ड तोड्न पुगेको हो । भ्याटिकन सिटि र इजिप्टमा पहिलो पटक चर्चको उच्च पदमा महिला नियुक्त भएका छन् । जसलाई जुन इस्लामिक संस्थाको एक हजार वर्षको इतिहासमा पहिलो मानिएको छ । पहिलो पटक भ्याटिक सिटिको भ्याटिकन कमिटीले क्याथोलिक चर्चमा उच्च पद अर्थात विशपका लागि महिलालाई नियुक्त गरेको हो । यसैगरि इजिप्टमा, अल अजहर मस्जिदले एक महिलालाई भव्य इमाम, शेख अहमद अल–तैयबको सल्लाहकारको रुपमा नियुक्त गरेको छ । सन् २०२२ मा अमेरिकामा धुम्रपान भन्दा गाजा सेवन गर्नेको संख्या बढ्दै गएको पाइएको छ । गत अगस्टमा सार्वजनिक रिपोर्टका अनुशार पहिलो पटक अमेरिकी नागरिकले धुम्रपान भन्दा गाजा बढी सेवन गरेको पाइएको हो । अमेरिकमा १९५० मा धुम्रपान सेवन गर्नेको संख्या सर्वाधिक रहदै आएकोमा यस पटक सो संख्या निरन्तर घट्दै आएको छ । करिब १६ प्रतिशत अमेरिकी नागरिकमा गरिएको सो सर्वेक्षणमा जम्म ५ प्रतिशतले धुम्रपान गर्ने गरेको पाइएको हो । सन् २०२२ मा फ्रान्सले पहिलो पटक जर्मनीका लागि प्राकृतिक ग्यास प्रदान गरेको छ । रुसले उर्जामा कटौती गरेपछि, उर्जाको खोजीमा रहेका फ्रान्स र जर्मनीले समाधानका बाटो खोज्दै जादा पहिलो पटक प्राकृतिक ग्यास प्रदान गरिएको हो । यस्तै वैज्ञानिकहरुले रसियाका गुफाहरुमा प्राचिन मानव सभ्यताको नियान्थेरलको वंशज पत्ता लागेको छ । 

गत अक्टोबरमा प्रकाशित एक रिपोर्ट अनुशार ११ नियान्थेरल वंशको समूह ५४ हजार वर्ष अगाडि एकै ठाउँमा भोकमरीका कारण मृत्यु हुन पुगेको पत्ता लागेको हो । सन् २०२२ मा अर्को रोचक प्रसंग भनेको भारतीय मुलका ऋषी सुनक बेलायती प्रधानमन्त्री हुने पहिलो एशियाली हिन्दु व्यक्तित्व बने । सन् २०२२ मा कतारमा भएको विश्वकप फुटवल मध्यपूर्वमा आयोजना गरिएको पहिलो विश्वकप हो । जुन अहिलेसम्कै जाडोयाममा उत्तरी गोलाद्र्धमा पहिलो पटक आयोजना भएको हो । जसका लागि कतारले रंगशाला निर्माणमा अर्बौ रकम खर्च गर्‍यो । यस्तै जापानले पहिलो पटक आकासमा उड्ने हुवर बाइक ल्याएको छ । गत सेप्टेम्बरमा डेट्रोइट अटो प्रदर्शनीमा सो बाइकलाई पहिलो पटक देखाइएको थियो । सो बाइक करिब ४० मिनेट आकाशमाथि रहन सक्ने बताइएको छ । जसको मूल्य करोडै पर्न आउछ । यद्यपी जापानले सर्वसुलभ मूल्यका विद्युतीय उड्ने बाइक बनाउने तयारी गरिरहेको छ ।

(न्यूयोर्क टाइम्सबाट साभार )


प्रतिक्रिया