नेपालद्वारा अमेरिकासंँग व्यापारको सुविधालाई निरन्तरता दिन आग्रह

जेष्ठ ६, २०८०

नेपालले अमेरिकासंँग व्यापारमा पाउँदै आएको सुविधालाई निरन्तरता दिन आग्रह गरेको छ । विभिन्न ७७ वटा वस्तुको निर्यातमा अमेरिकाले दिंदै आएको ड्युटी फ्रीको सुविधालाई निरन्तरता दिन सरकारले आग्रह गरेको हो ।

अतिकम विकासित राष्ट्रबाट नेपाल सन् २०२६ मा विकासशीलमा स्तरोन्ती हुने भएपनि आफुहरुले पाउने सुविधालाई भने निरन्तरता दिन आग्रह गरिएको उद्योग एवं वाणिज्य मन्त्रालयका वाणिज्य सचिव मधु मरासिनीले जानकारी दिनुभयो । नेपाल र अमेरिकाबीच व्यापार एवं लगानी सम्बन्धी सम्झौतालाई निरन्तरता दिनसमेत आग्रह गरिएको वाणिज्य सचिव मरासिनीको भनाई छ ।

दुई देशबीच सन २०११ मा भएको व्यापार एवं लगानी सम्झौता अर्न्तगत काठमाडौंमा हिजो छैटौ बैठक बसेको हो । निर्यात वृद्धि, नेपालमा अमेरिकी लगानी, अन्य प्राविधिक सहायता लगायतका विषयमा दुई मुलुकबीच छलफल भएको थियो । २०७२ सालको भुकम्पपछि सहुलियतका लागि भन्दै नेपालबाट आफ्ना देशका लागि आयात हुने थप वस्तुहरुमा अमेरिकाले भन्सार सुविधा दिएको थियो । 


प्रतिक्रिया