दुई हजार रुपैयाँ नोट फिर्ता लिने प्रक्रिया सुरु भएको छैनः भारतीय रिजर्व बैंक

जेष्ठ ८, २०८०

भारतीय रिजर्व बैंक (आरबीआई) ले चलन चल्तीमा रहेका २ हजार रुपैयाँको नोट फिर्ता लिने प्रक्रिया सुरु भइनसकेको बताएको छ । आरबीआईले दुई हजार दरको नोट सटहीको लागि चार महिनाको समय उपलब्ध गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । बैंकका अनुसार दुई हजारको नोट सटही कानूनी प्रक्रिया भएकाले सेप्टेम्बर ३० पछि मात्रै यसबारे निर्णय गरिने भएको हो ।

आरबीआईले गत शुक्रबार विज्ञप्ति जारी गर्दै २ हजार दरको नोट फिर्ता लिने निर्णय गरेको थियो । आरबीआईका गभर्नर शक्तिकान्त दासले नोट सटही सुरु भईनसकेको भन्दै सटही प्रक्रिया सुरु भएपछि उत्पन्न हुने सबै समस्या समाधान गर्न बैंकहरुलाई निर्देशन दिइसकेको बताउनुभएको छ । केन्द्रीय बैंक स्वदेश तथा विदेशमा रहेका सबै नागरिकको समस्याप्रति संवेदनशील रहेको र मुद्रा सटहीको सम्पूर्ण प्रक्रियाको अनुगमन गरिने उहाँले बताउनुभयो । 


प्रतिक्रिया