जलवायु परिवर्तनले ५० वर्षमा २० लाख मानिसको मृत्यु

जेष्ठ ८, २०८०

विश्वभर जलवायु परिवर्तनका कारण पचास वर्षभित्र २० लाख मानिसको मृत्यु भएको राष्ट्रसंघीय निकायले जनाएको छ । संयुक्त राष्ट्र संघको पछिल्लो एक प्रतिवेदनका अनुसार सन १९७० देखि २०२१ सम्म ११ हजार ८ सय ७८ मौसम सम्बन्धी प्रकोपहरुका कारण १० खर्बको आर्थिक नोक्सानी समेत भएको छ ।

सो प्रतिवेदनले विकासोन्मुख देशहरुमा ९० प्रतिशत मृत्यु जलवायु प्रकोपका कारण हुने गरेको देखाएको छ । त्यस्तै, जलवायू परिवर्तनका कारण हुने प्रकोपबाट आर्थिक क्षति हुँदा विपन्न मुलुकहरुको कुल ग्राहस्थ उत्पादन जीडीपीलाई समेत असर पार्ने प्रतिवेदनको निष्कर्ष छ ।  


प्रतिक्रिया