कोसोभोमाथि केही प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

जेष्ठ १७, २०८०

आफ्नो सल्लाहलाई बेवास्ता गरेको भन्दै अमेरिकाले कोसोभोमाथि केही प्रतिबन्ध घोषणा गरेको छ । कोसोभोलाई युरोपमा अमेरिकी नेतृत्वमा चलिरहेको सैन्य अभ्यासमा सहभागी हुनबाट निष्कासन गरिएको बीबीसीले जनाएको छ । 

कोसोभोको उत्तरी क्षेत्र ज्वेकानमा हालैका दिनमा सर्बियन प्रदर्शनकारीहरूसंग प्रहरी र नेटो सेनाबीच झडप भएको थियो । सर्बियाको बहुसंख्यक जनसंख्या रहेको क्षेत्रमा जातीय अल्बेनियाली मेयरहरूको स्थापनालाई लिएर अशान्तिको बीचमा प्रदर्शनकारीहरूले सरकारी भवनमा आक्रमण गर्ने प्रयास गरेका थिए । 

नेटोले ज्वेकानमा भएको झडपमा आफ्ना ३० शान्ति सैनिक र ५२ जना प्रदर्शनकारी घाइते भएको बताएपछि कोसोभोमा थप ७ सय सैनिक तैनाथ गर्ने भएको छ । कोसोभोमा गत अप्रिलदेखि जातिय द्धन्द्ध भड्किएको छ । युरोपेली संघले पनि अधिकारीहरूलाई उत्तरी कोसोभोको अवस्थालाई अस्थिर बनाएको आरोप लगाएको छ । यसले जातीय तनाव बढाउन सक्ने कुनै पनि कार्यहरू विरुद्ध चेतावनी समेत दिएको छ ।


प्रतिक्रिया