चीनमा बाढीका कारण ६२ जनाको मृत्यु

चीनको राजधानी बेइजिङबाट दक्षिणमा पर्ने हेबेई प्रान्तमा बुधबार बाढीमा फसेकालाई उद्धार गरिँदै। तस्बिर : एपी 

श्रावण २७, २०८०

चीनमा पछिल्लो समय आएको विनाशकारी बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका कारण हालसम्म ६२ जनाको मृत्यु भएको छ । बाढीको सबैभन्दा बढी प्रभाव बेइजिङ र हेबेई प्रान्तमा परेको छन् । चीन सरकारले बाढी प्रभावितको उद्धारका लागि सक्दो प्रयास गरिरहेको बताए पनि सबैको पहुँचमा उद्धार पुग्न सकेको छैन् । जलवायु परिवर्तका कारण यस प्रकारका चरम मौसमी घटनाहरु भविष्यमा अझ बढी हुने सम्भावना रहेको वैज्ञानिकहरुले बताएका छन् ।

यसैबीच अमेरिकाको हवाई राज्यको माउईमा लागेको डढेलोमा परी मुत्यु भएकाको संख्या ६७ पुगेको छ । १ हजार भवन ध्वस्त भएका छन् । सो डढेलालाई हवाईको इतिहासमा हालसम्मकै सबैभन्दा घातक प्राकृतिक प्रकोपका रुपमा लिइएको छ । 


प्रतिक्रिया