रामपुरको राम्चे सामुदायिक वनमा भीषण डढेलो

वैशाख २३, २०८१ | पाल्पा

सालको रुख हुर्केको रामपुर बजार नजिक घना जंगल रहेको राम्चे सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार अपराहृनदेखि सुरु भएको डढेलो राम्चे पनको झाँक्रीथान भन्दा माथिल्लो भागबाट सुरु भएको हो । 

डढेलोले भीषण रुप लिएपछि रामपुर बजार क्षेत्रका स्थानीय बासिन्दा समेत त्रसित भएका छन् । यही सामुदायिक वनमा गत बुधबार पनि रामपुर नगरपालिका–५, रामपुरको गैरा क्षेत्रबाट सुरु भएको थियो । 

डढेलोले भीषण रुप लिएर राम्चे वनमा पसेको हो । पर्यटकीय र भ्युटावर क्षेत्र रहेकाले स्थानीय बासिन्दा जोगाउन लागि परेको स्थानीय प्रकाश ज्ञवालीले बताए । वनको दक्षिण तर्फको भाग र माथिल्लो भागमा लागेको डढेलो नियन्त्रणमा आए पनि पुनः शनिबार लागेको उनले बताए ।

डढेलो नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्ता, रामपुर सब–डिभिजन वन कार्यालयका कर्मचारी, सेना र प्रहरी सचेत भएर बसेका छन् । 

शुक्रबार पनि सुकेका रुखमा रहेको आगोले राम्चेकै खैजनी खोला क्षेत्रमा सल्किएको थियो । तर, उपभोक्ताले नियन्त्रणमा लिएका थिए । डढेलोबाट बचेको क्षेत्रको वन जोगाउन निरन्तर प्रयास गर्दै आएको राम्चे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दयाराम गैरेले बताउनुभयो ।

तीन दिन अघि लागेको डढेलो फेरि सल्किएर आगो फैलिएको उहाँको भनाई छ । वनको झाँक्रीथान भन्दा माथिल्लो क्षेत्रबाट डढेलो सुरु भएको हो । आगो देखिने बित्तिकै उपभोक्ता नियन्त्रणका लागि पुगेपनि हावाहुरीले आगो चरै तर्फ फैलिएको हो । 

बस्ती रहेको राम्चे गाउँ र भ्युटावरतर्फ आगो सल्किन थालेपछि वनको केही भाग जोगाउन, वन भित्र रहेको सभाहल लगायत संरचना र बस्ती बचाउने प्रयासमा उपभोक्ता र सुरक्षाकर्मी प्रयासरत छन् । 

खडेरीका कारण सुख्खा रहेको वनको अधिकांश भागमा डढेलो फैलिएको छ । रामपुर नगरपालिकाको दमकल सहित सयौंको संख्यामा उपभोक्ता, प्रहरी र वनका कर्मचारीहरु वन क्षेत्रका संरचना जोगाउन खटिएको सव डिजिभन कार्यालय रामपुरले जनाएको छ ।


प्रतिक्रिया