रोजगारीका लागि भारत गएका ४ नेपालीको डढेलोमा परि मृत्यु

वैशाख २२, २०८१ | बझाङ

रोजगारीको लागि भारत गएका एकै गाँउका दुइ दम्पतीको भारतमा डढेलोमा परेर मृत्यु भएको छ ।

मृत्यु हुने चारै जना बझाङको छविसपाथिभेरा गाउँपालिका –६ लेकगाउँका हुन् । मृत्यु हुनेमा ३० बर्षका ज्ञानु चलाउने र उनिकी श्रीमती २७ बर्षकी बसन्ती चलाउने तथा ३१ बर्षका दिपक पुजारा र उनकी श्रीमती २८ बर्षिया तारा देबि पुजारा रहेको पारिवारिक श्रोतले जनाएको छ ।

भारत उत्तराखण्डको पात्ली बगर भन्ने स्थानको जंगलमा सल्किएको डढेलोमा परेर उनीहरुको हिजो मृत्यु भएको हो । उनीहरू त्यहाँ खोटो निकाल्ने कम्पनीमा मजदुररुपमा काम गर्दै आएका थिए ।

छविसपाथीभेरा गाउँपालिकाका अध्यक्ष बसन्त चलाउनेका अनुसार दुबै दम्पतीको घटनास्थल मै मृत्यू भएको हो । बझाङबाट गएका आफन्त र भारतमै रहेका स्थानिय मिलेर दुवै दम्पतीको उतै दाहसंस्कार गरेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया