दिल्लीमा भोलिबाट हिन्द प्रशान्त क्षेत्रका मुलुकका सेना प्रमुखको सम्मेलन हुँदै

आश्विन ७, २०८० | काठमाडौंं

भारतको नयाँ दिल्लीमा भोलिबाट हिन्द प्रशान्त क्षेत्रका मुलुकका सेना प्रमुखको सम्मेलनमा हुने भएको छ ।

भारत र अमेरिकाको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनमा सैन्य संगठनबीचको सम्बन्ध विस्तार, मानविय सुरक्षाका साझा चासोका विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा अमेरिका, फ्रान्स, बेलायत लगायतका देशका सेना प्रमुख सहभागी हुने भारतीय सेनाले जनाएको छ ।

यसैबीच, सम्मेलनमा सहभागी हुन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज नयाँदिल्ली जानुभएको छ ।सम्मेलनमा सैन्य संगठनबीचको सम्बन्ध विस्तार, मानवीय सुरक्षाका साझा चासोका विषयमा छलफल हुने नेपाली सेनाले जनाएको छ ।  


प्रतिक्रिया